आज कोरोना पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएसँगै थप २० जनाले ज्यान गुमाए

admin

काठमाडौं, १६ भाद्र : बुधबार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी भएको छ । बितेको २४ घण्टामा तीन हजार ३० जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार सात ७० पुगेको छ ।

प्रतिक्रिया