कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

admin

काठमाडौँ, १६ भाद्र : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार राजीनामा पत्र तयार पारेर उनी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

कार्यालय पुग्नअुघि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाबारे जानकारी गराएको उनले बताएका छन् । नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका उनले केन्द्रीय सदस्य र अध्यक्ष पद दुवैबाट राजीनामा दिएको पनि बताए ।

निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका उनले कांग्रेसमा दलित समुदायको सहभागिता शून्य रहेपछि आफू पार्टीमा बस्नुको कुनै औचित्य नरहेको भन्दै पदबाट राजीनामा दिएको पत्रमा उल्लेखछ ।

प्रतिक्रिया