सुनसरी, १६ भाद्र : इलाका प्र हरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई प क्राउ गरेको छ । प्र हरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी(४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २५ वर्षीया शर्मिला राई रहेको इलाका प्र हरी कार्यालय इटहरीले जनाएको छ ।
प्र हरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको रंगीचंगी र्यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको जेब्रा झोलाभित्र प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको हो । प्र हरीले उनीहरूको साथबाट २१ किलो गाँजा बरामद गरेको जनाएको छ ।
यस्तै गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत ६ विसनपुर (बिहार) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट प क्राउ गरिएको प्रहरीले जनाएको छ ।
घ टनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्र हरीले जनाएको छ ।