खोलाले कार बगाउँदा चार जनाको मृत्यु

admin

काठमाडौँ, १७ भाद्र : दाङ दाङमा खोलाले कार बगाउँदा चार जनाको मृ त्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

गएराती १० बजेतिर प्रदेश-३-०१-०२४ नम्बरको कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्र हरीले जनाएको छ ।

खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृ तक चारै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया