सुनको मूल्य घट्दा चाँदी बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ भाद्र : बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने दश रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदी बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै बिहीबार एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया