अमेरिकाको न्यु योर्क र न्यु जर्सीमा बाढी आएसँगै आपत्काल घोषणा

admin

एजेन्सी, १७ भाद्र : अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएको बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन् ।

न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ । आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ । न्यु योर्क र न्यु जर्सीमा केही विमान र रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ ।

अमेरिका अचानक परिवर्तन भएको यस मौसमको कारण समुद्री आँधी ुइडाु भएको बताइएको छ । न्यु योर्कको एनबीसी समाचार संस्थाले न्यु जर्सीमा कम्तीमा एक जनाको ज्यान गएको जनाएको छ । त्यस्तै न्यु योर्क सिटीमा सात जनाको ज्यान गएको एनबीसी र एएफपीले बताएका छन् । न्यु योर्कमा केही व्यक्ति घरको तल्लो तलामा फसेका बताइएको छ ।

प्रतिक्रिया