थप दुई हजार चार जनामा संक्रमण पुष्टि, १६ जनाको ज्यान गयो

admin

काठमाडौं, १७ भाद्र : बिहीबार देशभर दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ६ सय ५० जनाको नमुना परीक्षण गर्दा दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या आठ लाख ५० हजार दुई सय आठ पुगेको छ । बितेको २४ घण्टामा एक हजार आठ सय ४६ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख २१ हजार एक सय ८२ पुगेको छ ।

यही अवधिमा थप १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार सात सय ८६ पुगेको छ । अहिले नेपालमा ३३ हजार नौ सय ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये पाँच सय ४४ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया