कांग्रेस वडा अधिवेशन : कुन ठाँउमा कति सकियो ?

admin

काठमाडौँ, १८ भाद्र : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ । आजबाट सुरुभएको वडा अधिवेशनमा ३५ जिल्लामा सम्पन्न भएको छ ।

सबै वडामा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यको विवादको कारण हुन सकेन । आज ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको र झापा र मुस्ताङले १९ गते अधिवेशन हुने नपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर वडाअधिवेशन सम्पन्न भएको छ ।

वागमती प्रदेशका दोलखा, सिन्धुली र भक्तपुर गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा तोकिएको मितिमा अधिवेशन सकिएको छ ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशका चार जिल्लामा पनि अधिवेशन आज भएको छ । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ ।

आजबाट विभिन्न जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु भएपनि अझै क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाको अधिवेशन अन्यौल बनिरहेको छ । विवादित २१ जिल्लाको के हुन्छ भन्ने विषयमा भने निर्वाचन समिति नै अन्योलमा छ ।

प्रतिक्रिया