कैलाली, १९ भाद्र : कैलालीमा यात्रुवाहक विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृ त्यु हुनुका साथै थप चार जना घाइते भएका छन्।
शुक्रबार राति करिब ११ बजे कैलालीको गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दु र्घटना भएको प्र हरीले जनाएको छ।
दु र्घटना भएको जानकारी पाउनासाथ प्र हरी टोली घ टनास्थलमा पुगेर अटोमा सवार ७ जना घा ईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृ त्यु भएको प्रह रीले जानकारी दिएको छ।
मृ त्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन्। यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्।
घा ईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्र हरीले जनाएको छ। यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्। विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्र हरीले खोजी तिब्र पारेको छ।