संखुवासभा २० भाद्र :चिचिला गाउँपालिका–१ पात्लेमा अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रक दुर्घटना हुँदा एकजनाको मृ त्यु र १० जना घाइते भएका छन्।
शनिबार राति आयोजनाको ड्याम साइड मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
दुर्घटनामा ट्रक चालक धनकुटाको महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घ टनास्थलमै मृ त्यु भएको डिएसपी सुवेदीले जानकारी दिए। दुर्घटनामा घा इते भएका १० जना मजदुरमध्ये तीनको अवस्था गम्भीर रहेको सुवेदीले बताए।
गम्भीर घा इते भएका खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतका अछामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डिएसपी सुवेदीले जानकारी दिए। पाण्डेको शव आइतबार बिहान पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ।
घा इतेमध्ये आठजना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन्। दु र्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन्। त्यस्तै, खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीनजना सामान्य उपचारपछि घर फर्किएका छन्।