हप्ताको पहिलो दिन ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २० भाद्र : आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । (अस्ति) शुक्रबार सुन तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आइतबार तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आइतबार तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया