आज दुई सय नौं वटा कम्पनीको शेयर राताम्मे

admin

काठमाडौं, २० भाद्र : शेयर बजार आइतबार एक सय अंक भन्दा धेरैले घटेको छ । बजार सुरु भएदेखि घट्न थालेको नेप्से बन्द हुँदा पनि राताम्मे भएको छ । नेप्से आइतबार एक सय ८ दशमलव २६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलव ७२ विन्दुमा झरेको छ ।

दुई सय २३ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ९ वटा कम्पनीको शेयर घटेको छ । १६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यसअघि बजार खुलेको २ घण्टा अर्थात १ बजे नेप्से पाँच प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भएको थियो । बजार बन्द हुनुअघि दुई सय १५ वटा कम्पनीको कारोबार भएकोमा २ सय १० वटाको शेयर घटेको थियो । एक बजेर ४० मिनेटमा पुनः कारोबार भएको नेप्से राताम्य हुँदै बन्द भएको हो ।

प्रतिक्रिया