मर्न तयार छु तर तालिबानसामु आत्मसमर्पण गर्दिनँ : अपदस्थ उपराष्ट्रपति

admin

काबुल : तालिबानले गत अगस्ट १५ मा सत्ता कब्जा गरेयता अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह देशकै पन्जसिर प्रान्तमा बसिरहेका छन् ।

जुन अफगानिस्तानको एक मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । बरु त्यहाँका तालिबानविरोधी लडाकुले तालिबानका लडाकुलाई चुनौती दिइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले पनि त्यहाँ दुई पक्षबीच भीषण युद्ध जारी छ ।

तालिबानविरुद्ध लडिरहेको रेजिस्टन्स फोर्सको नेतृत्व अपदस्थ उपराष्ट्रपति सालेह नै गरिरहेका छन् । उनले भनिरहेका छन्, ‘म एक मुठी सास छउञ्जेल तालिबानविरुद्ध लडिरहनेछु ।’

यसै क्रममा अपदस्थ उपराष्ट्रपति सालेहले बेलायती पत्रिका डेलीमेलमा लेख लेख्दै भनेका छन्, ‘पन्जसिरमा तालिबानविरुद्ध लड्ने निर्णय गर्ने बेला मैले आफ्ना सुरक्षाकर्मीलाई भनेको छु– यदि तालिबानसँगको युद्धमा म घाइते भएँ भने मेरो टाउकोमा दुईपल्ट गोली हानिदिनू, तर म तालिबानसामु आत्मसमर्पण गर्न चाहन्नँ ।’

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेकै दिन राष्ट्रपति असरफ गनी देशै (अफगानिस्तान) छाडेर भागे पनि उपराष्ट्रपति सालेह भने देशभित्रै रहेर तालिबानलाई चुनौती दिइरहेका हुन् ।

प्रतिक्रिया