काठमाडौं, २१ भदाै : ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झ गडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको प्र हरी स्रोतले बतायो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए । ‘आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ’ उनले भने, ‘गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’ अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।