परीक्षण गरिएका मध्ये ११.८७ प्रतिशतमा कोरोना पुष्टि, थप २० जनाको ज्यान गयो

admin

काठमाडौं, २१ भदौ : सोमबार थप एक हजार आठ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार आठ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएकामध्ये ११ दशमलव ८७ प्रतिशत नमुनामा मात्रै संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा आठ लाख ५६ हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार सात सय ४३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख २८ हजार नौ सय २८ पुगेको छ ।

यही अवधिमा थप २० जना संक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ५८ पुगेको छ । अहिले ३० हजार नौ सय ७३ जना सक्रिय संक्रमित रहेकामा पाँच सय १२ जनाको आईसीयू र एक सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया