जेलमुक्त भए दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा

admin

एजेन्सी, २२ भदौ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त भएका छन् । स्वास्थ्यसम्बन्धी समस्याका कारण उनलाई जेलमुक्त गरिएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग डीसीएसले जनाएको छ ।

पूर्व राष्ट्रपति जुमाले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । सहमति अनुसार जेलबाहिर रहँदा पनि उनले सर्तहरूको पालना गर्नुपर्नेछ । अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपति जुमाले गएको जुलाईदेखि जेल सजाय भोग्दै आएका थिए ।

प्रतिक्रिया