‘मुलूकलाई धर्मनिरपेक्षता जबरदरर्स्त लादियो राष्ट्र बचाऔं’

admin
  • संयोजक हेम विक्रम सिलवाल
    प्रचार प्रसार विभाग संयुक्त जनआन्दोलन मोर्चा

काठमाडौं, २२ भदौ : २०७८ लामो समयको प्रयास मार्फत् विभिन्न संघसंस्था, राजनीतिक दल, बुद्धिजिवी पत्रकार, साहित्यकार आमनागरिकहरु गोलबद्ध हुने प्रयास जारी छ । तथाकथित २०७२ को संविधानले निषेधलाई प्रशय दिइ आफूले आफैलाई अग्रगामी र परम्परालाई पश्चगामि ढलकाउने आमनेपाली जनता समक्ष संविधान ७२ जारी गरियो ।

नेपाल आफै हिमवत खण्ड पशुपति, सिद्धार्थ गौतम बुद्ध, सीता माता जानकी, गुरु गोरखनाथ मच्छिन्द्र नाथ आफैमा देवपाटन ऐतिहासिक रहेको मुलूकलाई धर्मनिरपेक्षता जबरदरर्स्त लादियो । अनेकतामा एकता बाँधिएर राखिएको शाहवंशीय राजसंस्थालाई षड्यन्त्र पूर्वक विस्थापन गरियो । आज शाहवंशीय राजसंस्थाको आवश्यकता आमनेपाली दाजुभाई तथा दिदीबहीनीहरुले महशूस गरेका छन् ।

व्यवस्था परिवर्तन गर्ने २ वटा तरीका इंकलाब शान्तिपूर्ण आन्दोलन अनि शसस्त्र आन्दोलन र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले अंहिशात्मक आन्दोलनको बाटो रोजेको छ । यही असोज ३ गते दिनको ११ बजे माइतिघर मण्डलामा भेला भई ऱ्यालिसहित नयाँ बानेश्वर मा पुगि बृहत आमसभा गरी चरणबद्ध आन्दोलनको उद्धघोष गरिने छ ।

यस कार्यक्रममा विभिन्न संघसंस्था, धार्मिक संस्था, विचार मिल्ने राजनीतिक दललगायत सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा उपस्थित भई राष्ट्र बचाऔं आन्दोलनलाई सफल पारीदिनु हुन अनुरोध गर्दछौं ।

हाम्रा उद्देश्यहरू :-
१ – संवैधानिक राजसंस्था स्थापना
२ – वैदिक सनातन हिन्दू अधिराज्य कायम
३ – संस्थागत भ्रष्टाचारको अन्त्य
४ – स्वास्थ्य र शिक्षा निशुल्क
५ – कृषि र औद्योगिक क्रान्ति
६ – स्वदेशमा रोजगारीको व्यवस्था
७ – स्वच्छ छवि बोकेका र योग्य व्यक्तिहरूलाई प्रशासनिक अनि राजनीतिक जीम्मेवारी लिन प्रोत्साहन दिने
८ – मानव अधिकार र प्रेस स्वन्तन्त्रताको ग्यारेण्टी
९ – उद्देश्य प्राप्ति नहुन्जेल, गठबन्धन र मोर्चा कायम राख्ने

प्रतिक्रिया

सम्बन्धित समाचारहरू