थप एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएसँगै २१ जनाले ज्यान गुमाए

admin

काठमाडौं, २२ भदौ : मंगलबार नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएकासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार ७२ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या सात लाख ३१ हजार पुगेको छ ।

यही अवधिमा थप २१ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ७९ जना पुगेको छ । अहिले नेपालमा तीस हजार तीन सय तीन जना सक्रिय संक्रमित रहेकामा पाँच सय १४ जनाको आईसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै बितेको २४ घण्टामा ८० हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ५० लाख १२ हजार आठ सय २१ जना र एक मात्रा खोप लगाउनेको संख्या ५६ लाख तीन हजार सात सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया