काठमाडौं, २१ भदाै : एमसीसीविरुद्ध प्रचार गरेको आरोपमा प्र हरीले नेपालका लागि नेपाली पार्टीमा आवद्ध ५ जनालाई प क्राउ गरेको छ ।
नवराज कार्की र सुस्मितासहित ५ जनालाई प्र हरीले पुतलीसडकबाट गिरफ्तार गरेको नेपालका लागि नेपाली अभियानका अगुवा डा. सुरेन्द्र भण्डारीले बताए ।
प क्राउ गरिएकाहरूलाई महानगरीय प्र हरी वृत्त, मालीगाउँमा राखिएको छ । बुधवार दिउँसो सो पार्टीले माइतीघर मण्डलामा एमसीसीको बिरुद्धमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रचार–प्रसार गर्दा प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय झण्डा र पर्चा जफत गरेको डा. भण्डारीले बताए ।