आज ६ अर्ब ६४ करोड रुपैयाँको कारोबार

admin

काठमाडौं, २३ भदौ : बुधबार पनि शेयर बजार घटेर सबै समूहको शेयर राताम्मे भएको छ । मंगलबार ४४ अङ्कले घटेको नेप्से बुधबार ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ विन्दुमा झरेको छ । बुधबार बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ ।

यस्तै विकास बैंक समूहको एक सय ५८, व्यापारको ८२, होटलको ६४, जलविद्युतको ५३, फाइनान्सको ९७ र माइक्रोफाइनान्स समूहको शेयर ६७ अङ्कले घटेको छ । साथै उत्पादन समूहको एक सय ८८, अन्यको ६३, जीवन बीमा समूहको चार सय २१ र निर्जीवन बीमा समूहको शेयर तीन सय २८ अङ्कले घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि सानीमा लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले बढेको छ । बुधबार दुई सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया