देशभर १६४० जनामा संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

admin

काठमाडौं, २३ भदौ : बुधबार देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै बितेको २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया