काभ्रेमा एक जनाको हत्या

admin

काभ्रे, २३ भदौ : काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका १० का अन्दाजी २७ वर्षका किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको खानीखोला गाउँपालिका ७ का ३१ वर्षिय मोहन भनिने महेन्द्र घिसिङ रहेका छन् । उनलाई हिजो पक्राउ गरि आज जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो ।

भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ । पनौती नगरपालिका वडा नं ७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवाद हुँदा किसनलाई महेन्द्रले धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीले होटल संचालक ४४ वर्षिय भिम थिङ सहित सो समयमा खाजा खान आउने र प्रत्यक्षदर्शी समेतलाई नियण्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका महेन्द्रलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। चक्कु प्रहारबाट घाइते भएका किसनलाई उपचारका लागि धुलिलेख अस्पतालमा ल्याउदा सोही दिन राती ९ बजे अस्पतालले मृत घोषणा गरेका थियो ।

प्रतिक्रिया