एमालेले लगातार विरोध गरेपछि संसद बैठक स्थगित

admin

काठमाडौं, २३ भदौ : नेकपा एमालेको लगातार बैठक अवरोधपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

पार्टीले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई कारवाही नगरेको भन्दै एमालेले संसदमा विरोधसँगै रोष्टम घेराउ गरेर बैठक चल्न नदिएपछि सभामुख अग्नि सापकोटाले आगामी शुक्रबारसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

बुधबार ४ बजे सुरु भएको बैठक सुरु हुनासाथ एमालेले हलभित्र नाराबाजी गरेका थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटपछि बैठक आह्वान गरेका थिए । १५ मिनेटपछि बसिएको बैठक पनि एमालेले अवरुद्ध पारेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया