काभ्रेबाट फरार थुनुवा भक्तपुरमा पक्राउ

admin

काभ्रे , २३ भदौ : वकपत्रका क्रममा काभ्रे जिल्ला अदालत परिसरबाटै फरार भएका काभ्रेको खानिखोला गाउँपालिका ६ का सुनिल वाइबा लामा फेरी पक्राउ परेका छन् । चोरी तथा डाका मुद्धाको अभियोग लागेका उनलाई भदौ ९ गते वकपत्रका लागि जिल्ला अदालतमा उपस्थित गराउने क्रममा उनी भागेका थिए।

उनलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ठिमीमा मदिराजन्य बस्तुको कारोबारमा ठगी गर्ने कार्यमा संलग्न भएको प्रहरीले जानकारी दिएको छ ।

वाइबालाई १० लाख ५० हजार रुपैया बराबरको मदिरा खरिद गर्ने भनि व्यवसायीहरुसंग कुरा गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीकार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरी खतिवडाका अनुसार वाइवाको विगतको अपराधिक पृष्ठभूमि हेर्दा बौद्ध तथा बानेश्वरम मदिरा चोरी तथा ठगी मुद्दामा संलग्न भएको पाइएको छ । उनका अनुसार सुनिलमाथि तीन वटा मुद्धामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया