दबङ सैलीमै सांसद चौधरी सभामुखमाथि जाइलागिन

admin

काठमाडौं, २३ भदौ : प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन आजको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले नारावाजी गर्दै अवरुद्ध गरेका छन् । केहि समय स्थगित भएको बैठक तेस्रो पटक पुनः सुरु भएको थियो ।

सोहीक्रममा सभामुख अग्नीप्रसाद सापकोटामाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद गंगा चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोकेका थिए । त्यसक्रममा एमाले सांसद चौधरी भने रोष्टममै उक्लिने प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया