सर्पको टोकाइबाट २ बालिकाको मृत्यु

admin

महोत्तरी , २३ भदौ : महोत्तरीको विभिन्न स्थानमा विषालु सर्पको टोकाइबाट २ बालिकाको ज्यान गएको छ।

मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी ४ वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी ७ वर्षीया छोरी सोहना खातुनको ज्यान सर्पको टोकाइबाट गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार गएराति दुवै बालिकालाई सर्पले डस्दा मृ त्यु भएको छ।

प्रतिक्रिया