ओलीले खुवाए महिला नेतृहरुलाई बालकोटामा दर

admin

काठमाडौं, २३ भदौ : पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले महिला नेतृहरुलाई आफ्नो निजी निवास बालकोटमा दर खुवाएका छन् ।

बालकोटमा ओलीले खुवाएको दरका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले नेतृ शान्ता चौधरीले आफूहरु बालकोट माइत आएको बताएकी छन् । उनले फोटोहरुका साथमा लेखेकि छन्, ‘आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको ।’

संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेतृहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।


दर खाने कार्यक्रममा सांसदहरु राधा ज्ञवाली, विद्या भट्टराई, आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतकाे सहभागिता थियाे । ​ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको बताइएको छ ।

प्रतिक्रिया