एमसिसी उपाध्यक्षको भेटवार्ता एमालेबाट सुरु, ओली निवास बालकोटमा भेटवार्ता जारी

admin

काठमाडौं, २४ भदौ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।

आज बिहान काठमाडौं आइपुगेको सुमार नेतृत्वको टोली ओलीबाट आफ्नो भेटवार्ता सुरु गरेको हो। सुमार नेतृत्वको टोली ओलीलाई भेट्न उनको निवास बालकोट पुगेको छ।

छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन्। एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ।

प्रतिक्रिया