कांग्रेस महामन्त्रीमा उठ्ने विश्वप्रकाश शर्माको घोषणा

admin

काठमाडौं, २४ भदौ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर रुद्राक्षको विरुवारोपण गर्दै कांग्रेस प्रवक्ता शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

बीपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भनेको स्मरण गर्दै उहाले आमनिर्वाचन जिताउने संकल्प लिएर महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभयो । बिपीको संकल्प र युवाहरुको भावनालाई समेट्न आफुले भूमिका खेलने उहाले बताउनुभयो ।

कांग्रेस महाधिवेशनकाका लागि अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ भने युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया