कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट निवेदन सर्वोच्चद्वारा खारेज

admin

काठमाडौं, २४ भदौ : नेपाली कांग्रेसको जारी महाधिवशेन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।

बागमती प्रदेशका सांसद एवं कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले महामारीका बेला कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हाको इजलासले उक्त मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया