बङ्गलादेशसँगकाे खेलमा नेपालकाे अग्रता, सविता र प्रीति ‘डेब्यु’ मै चम्किए

admin

काठमाडौं, २४ भदौ : बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलकाे पहिलाे हाफमा नेपालले दुई–शून्य गाेलकाे अग्रता लिएकाे छ ।

दशरथ रङ्गशाला भएकाे खेलकाे पहिलाे हाफमा नेपालका लागि सविता राना मगर र प्रीति राईले डेब्यु खेलमै गाेल गरे ।

सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ ।

प्रतिक्रिया