परिवारका ६ जनाको ह त्यामा प्रहरीले अझै भेटेन ‘क्लु’

admin

संखुवासभा, २५ भदौ :  मादी नगरपालिका–१ मा भएको सामूहिक ह त्याको चार दिन बित्दा पनि प्र हरीले ‘क्लु’ भेटेको छैन । घ ट नास्थलमा खटिएका संघदेखि जिल्लासम्मका प्र हरीका चार टोलीले अनुसन्धान सकारात्मक रहेको बताउँदै आएका छन् तर कसैलाई प क्राउ गर्न सकेका छैनन् ।

घ टनाकै दिनबाट संघीय इकाई प्रह री कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको विशेष प्रहरी टोली घट नास्थलमा छ । त्यस्तै, प्रह रीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, प्रदेश प्रहरी कार्यालयको टोली तथा जिल्ला प्रह री कार्यालय र इलाका प्रह री कार्यालय चैनपुरको टोली अनुसन्धानमा खटिएको छ ।

प्रदेश १ का प्रह री प्रमुख डीआईजी अरुणकुमार बीसी पनि घट नास्थलमा पुगेका छन् । यति धेरै प्र हरी परिचालन भए पनि घटनाको चार दिनसम्म ह त्यामा संलग्न व्यक्ति भेटिएको छैन । घट नाको ‘क्लु’ पत्ता लागेको प्रहरी स्रोतले बताएको छ तर अनुसन्धानमा खटिएका प्रहरीले केही खुलाएका छैनन् ।

ह त्याको कारण र ह त्यारा फेला नपर्दा सर्वसाधारणमा त्रा स बढेको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । प्रह रीले भने प्राविधिक कोणबाटै केही प्रमाण भेटिने आशामा अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

घट नाअघिको सात दिन र घट नापछिको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् । घट नास्थलदेखि करिब १० किलोमिटर रेन्जमा रहेको दुईवटा बीटीएस टावरबाट कनेक्ट भएका करिब सयभन्दा बढी सक्रिय मोबाइल नम्बरको विश्लेषण गर्दा शंका स्पद केही नदेखिएको प्रह री स्रोत बताउँछ । त्यस क्षेत्रमा एनसेल र एनटीसीको सेवा विस्तार भए पनि मृतक तेजबहादुर कार्कीको घर आसपास दुवै नेटवर्कको रेन्ज कम छ ।

कार्कीको घरदेखि केही माथि डाँडामा उक्लिएपछि मात्र दुवैको नेटवर्क राम्रो टिप्ने गर्छ । सीडीआरको १६ वटै विधिको रिपोर्टअनुसार घट ना घटेको सात दिनभित्र केही नयाँ व्यक्तिहरू गाउँमा आए पनि प्रत्येकलाई सोधपुछ गर्दा हत्यासँग अहिलेसम्म कुनै कनेक्सन भेटिएको छैन ।

अनुसन्धान टोलीले परिवारका तीन जनाले प्रयोग गर्ने तीन वटा मोबाइलसमेत घट नास्थल र घरबाट बरामद गरिसकेको छ । प्राविधिक पाटोमा सहयोग गर्न सीआईबीबाट डीएसपी रुगम कुँवर नेतृत्वको टोली पनि यति बेला घट नास्थलमै खटिएको छ । प्रह रीको संयुक्त अनुसन्धान टोलीले दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । घट नापछि गाउँबाट हराएका व्यक्तिबारे प्रह रीले सोधीखोजी गरिरहेको छ ।

मादी नगरपालिका–१ का ६ जनाको हत्या गरिएको अवस्थामा गत सोमबार बिहान श व फेला परेको थियो । तेजबहादुर, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको बी भत्स रूपमा ह त्या भएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया