पशुपतिनाथको मन्दिर आजबाट भक्तजनका खुला

admin

काठमाडौं, २५ भदौ : झण्डै ५ महिनापछि पशुपतिनाथ पशुपतिनाथ मन्दिरको मूल ढोका आजबाट भक्तजनहरुको लागि खुला गरिएको छ । बिहीबार क्षमा पूजा गरेपछि आज बिहानबाट पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको हो ।

कोरोना भाइरसको संक्रमणकै कारण बन्द रहेको गुह्वेश्वरीतर्फका ढोका पनि खुला गरिएको छ । यसअघि कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएपछि गत बैशाख १० गतेबाट पशुपतिको मूल ढोका बन्द गरिएको थियो ।

कोरोना महामारीकै कारण यसअघिसम्म भक्तजनहरुले पशुपतिको मूलथानमा पूजा गर्न पाएका थिएनन् । हाल मन्दिर खुला गरिएपनि भक्तजनहरुले कोरोना भाइरसका लागि बच्न अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने पशुपति बिकास कोषले जनाएको छ ।

जस्तै, पशुपति दर्शन गर्न जानेहरुले मास्क अनिवार्य लगाउनु पर्ने र भौतिक दुरी कायम गर्नुपर्नेछ । साथै एकै पटकमा २५ भन्दा बढी भक्तजनहरु प्रवेश गर्न पाउने छैनन् भने दर्शनका लागि प्रवेश गरेको ढोकाभन्दा अन्य ढोकाबाट निस्कीनु पर्नेछ । नेपालमा कोरोना भाइरसको पहिलो चरणको संक्रमण फैलिदै गर्दा पनि पशुपतिनाथको मन्दिर ९ महिनाका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया