कम्फरटेवल गठबन्धनको घाँटीमा एमसीसी नराम्ररी अड्कियो : पूर्वमन्त्री गोकुल बाँस्कोटा

admin

काठमाडौं, २५ भदौ :  नेकपा एमालेका नेता एवं प्रतिनिधीसभा सदस्य गोकुल बाँस्कोटाले गठबन्धन सरकारको घाँटीमा एमसिसि नराम्ररी अड्किएको भन्दै टिप्पणी गरेका छन् ।

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत १६५ को कम्फरटेवल गठबन्धनको घाँटीमा पनि एमसीसी अड्किएको बताएका हुन् ।

एमसीसीको बारेमा एमालेलाई कुनै चासो र चिन्ता नरहेको संकेत गर्दै बास्कोटाले जसले तुलनात्मक अध्ययन विना सही गरे उनीहरुको समस्या भएको बताएका छन् ।

एमसिसि उपाध्यक्ष फतिमा सुमार सहितको टोली हिजो चार दिने नेपाल भ्रमणमा आएसंगै सत्तागठबन्धन पनि अहिले छलफलमा जुटेको छ । सोही सन्दर्भलाई लिएर पूर्व संचारमन्त्री समेत रहेका बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो व्यंग्य गरेका हुन् ।

प्रतिक्रिया