वातावरणमा पारेको असरबारे अध्ययन गर्न आवश्यक छ : मन्त्री भुसाल

admin

काठमाडौं, २५ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी छिन् । शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी हुन् ।

उनले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन् । अर्कैले खाएको विषको प्रभाव नेपाल जस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले अहिले नेपाल द्रुत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताइन् ।

मन्त्री भुसालले नेपाली जनतालाई द्रुत गतिमा विकास पनि चाहिएकोले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताइन् । उनले नेपालमा विकासको तीनवटा महत्वपूर्ण क्षेत्र कृषि, जलविद्युत र पर्यटन रहेकोले यसलाई विकास गर्दा कुनै पनि नकारात्मक प्रभाव नपर्ने तरिकाबाट सूक्ष्म अध्ययन अनुसन्धान गर्न सुझाइन् ।

मन्त्री भुसालले नेपालको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म शंकटग्रस्त जिल्ला घोषणा गरिएको र विकास केन्द्रले अध्ययनको सूचीमा मनाङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र गोरखा समावेश गर्नुपर्ने सुझाव दिइन् ।

प्रतिक्रिया