कोरोना संक्रमण दर १० प्रतिशत नजिक झर्‍यो, थप २१ जनाले ज्यान गुमाए

admin

काठमाडौं, २५ भदौ : नेपालमा कोरोना संक्रमण दर १० प्रतिशत नजिक झरेको छ । बितेको २४ घण्टामा १० हजार नौ सय १६ जनाको नमुना परीक्षण गरेकोमा एक हजार एक सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४९ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ६१ हजार नौ सय ५२ पुगेको छ । बितेको २४ घण्टामा एक हजार ६ सय ६० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ३६ हजार ६ सय ६६ जना पुगेको छ ।

यही अवधिमा थप २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार नौ सय २४ पुगेको छ । अहिले २७ हजार नौ सय ५८ जना सक्रिय संक्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा २९ हजार एक सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ५१ लाख २० हजार आठ सय ५७ जना र एक मात्रा लगाउनेको संख्या ५७ लाख ४० हजार तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया