कांग्रेस अधिवेशन कार्यतालिका फेरि हेरफेर

admin

काठमाडौं, २५ भदौ : नेपाली कांग्रेसले पाँचौपटक पार्टीका तल्ला तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। निर्वाचन समितिले केन्द्रीय महाधिवेशन फरक नपर्ने गरी तल्ला तहहरुको अधिवेशनमा केही दिन पर धकेलेको छ। सार्वजनिक नयाँ अधिवेशन कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्न समय दिइएको छ।

साविकको कार्यतालिका अनुसार भदौ १८ गते नै सुरु भएको अधिवेशन शनिबार (भदौ २६ गते) सक्ने योजना थियो। २० जिल्लाको क्रियाशिल सदस्यता अझै सार्वजनिक नहुँदा अधिवेशन हुन नसकेपछि कार्यतालिका हेरफेर गरिएको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

त्यस्तै गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ।

त्यसैगरी एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिब १०, ११ र १२ गते हुनेछ। केन्द्रीय महाधिवेशन भने मंसिर ९–१३ गतेसम्म हुने कार्यतालिकालाई यथावत राखिएको छ।

प्रतिक्रिया