युट्युबबाट हुने कमाइमा अग्रिम कर लाग्ने

admin

काठमाडौं, २५ भदौ : युट्युब वा अन्य सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी पाउनेबाट १ प्रतिशत अग्रिम कर असुल गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा सो व्यवस्था गरिएको हो। विधेयकमा भनिएको छ ‘व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु।’

यो व्यवस्थाअनुसार युट्युबमात्रै नभई अन्य सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेपछि प्राप्त हुने विदेशी मुद्रामा १ प्रतिशत कर लाग्नेछ।

प्रतिक्रिया