छिटै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष उपेन्द्र यादव

admin

काठमाडौं, २५ भदौ : जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै यादवले गठबन्धनदलबीच मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भइरहेको भन्दै छिटै विस्तार हुने बताउनुभएको हो ।

यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको जानकारी दिनुभयो । त्यस्तै उहाले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकुल अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया