वाइसीएलले भन्यो- ‘एमसीसी स्वीकार्न सकिन्न’

admin

काठमाडौं, २५ भदौ : वाईसीएल नेपालले देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक बनाएर एमसीसी लगाएत कुनै पनि अनुदान स्वीकार गर्न नहुने जनाएको छ ।

प्रथम पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै वाईसीएलले एमसीसी लगाएतका कुनैपनि सहयोग अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्वीकार गर्न नसकिने जनाएको हो ।

नेपालको संविधानसंग बाझिएका एमसीसीका बुँदाहरु नसच्चाई पारित नगर्न पनि वाइसिएलले सरकारलाई चूनौति दिएको छ । बैठकले भारतसंगका सम्पूर्ण सीमा विवाद तुरुन्त समाधान गर्न सरकारसंग माग गरेको वाइसिएलका संयोजक सुमन देवकोटाले बताउनुभयो ।

उहाले बन्द रहेका राष्ट्रिय उद्योग तथा प्रतिष्ठानहरु तुरुन्त सञ्चालन गरि युवा रोजगारसिर्जना गर्न पनि सरकारसंग माग गरेको गर्नुभयो । त्यस्तै सम्पूर्ण उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै संगठनले कोभिड महामारकाबीच सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि माग गरेको छ । त्यस्तै जनयुद्ध, जनआन्दोलन तथा बिभिन्न राजनैतिक आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारलाई राज्यद्वारा दिइने सेवा सुविधा सहज रुपमा प्रदान गर्न माग गरेको छ ।

प्रतिक्रिया