भारतका दुई नेता काठमाडौंमा

admin

काठमाडौं, २६ भदौ : भारतका दुई नेता काठमाडौंमा छन् । भारतीय जनता पार्टीका पूर्वमहासचिव तथा राष्ट्रिय स्वयंसेवक संघ (आएएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द परान्डे बिहीबार काठमाडौं आएका हुन् ।

उनीहरू व्यक्तिगत कामको सिलसिलामा काठमाडौं आएको उनीहरूनिकट एक व्यक्तिले जानकारी दिए । आरएसएस र परिषद्को गतिविधिलाई अझ बढाउनका लागि गृहकार्य गर्न काठमाडौंमा आएको हुन सक्ने ती व्यक्तिले बताए ।

भाजपा नेता माधवले नेपालमा राजनीतिक भेटघाट गर्ने/नगर्ने केही जानकारी सार्वजनिक भएको छैन । यो समाचार आजको कान्तिपूर दैनिकमा छ  ।

प्रतिक्रिया