मादी हत्याकाण्ड: अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त

admin

संखुवासभा, २७ भदौ :  मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको ह त्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घ टना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए।

उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।

तर, उनका भाइ घट नाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रग तको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ।

उक्त कपडासहित घट नामा ह त्यामा प्रयोग गरेका सामान प्रह रीले बरामद गरेको छ। संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रह री कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घट ना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।

लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ। उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको ह त्या गरेको बयान दिएको अधिकारी बताउँछन्। तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ।

रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चिच्याए। छोराले तेजबहादुर सडकको भित्तामा मृ त अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए।

त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए।

अरूको श व देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बेहोस भइरहने समस्या थियो। प्रह री पुग्दा उनको श व ओछ्यानमै थियो। उनका पति बौदमानले घट नाबारे चाल नपाएको बताए।

बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ। तेजबहादुरको श व सडकछेउ घोप्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृ त भेटिएका थिए ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रह री इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।

यत्रो नरसंहार एक्लै ?
एकै परिवारका ६ जनाको ह त्या सोमबार बिहान एकै समयमा भयो। उक्त घट नामा संलग्न भएको आरोपमा प्रह रीले शुक्रबार आफन्त लोकबहादुलाई पक्रा उ गरेको छ। तर, एक जनाबाट बिहान यस्तो घट ना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ। घट नामा कुनै धारिलो हतियार प्रयोगसमेत भएको छैन। मृ त कको टाउकोमा सामान्य चो ट देखिन्छ। ६ जनाको श व चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो।

घट ना बिहान भए पनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए। छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको ह त्या ? एक्लै छोटो समयमा यस्तो घट ना गर्न नसक्ने अनुसन्धानले देखाउँछ। अन्य व्यक्ति पनि संलग्न भएको आ शंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ।

के गर्थे लोकबहादुर ?
लोकबहादुर दुईपटक वैदेशिक रोजगारीमा गएका थिए। फर्किएर खेती किसानीमा लागे। कक्षा ८ सम्म पढेका उनी ६ वर्षअघि मलेसिया गए। त्यहाँबाट १० महिनामा घर फर्केर डेढ वर्षपछि कतारतिर उडे। त्यहाँबाट पनि नौ महिना नपुग्दै फर्किए। आमाको गत चैत २६ गते नि धन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया