६ जनाको हत्या आरोपीलाई आज सार्वजनिक गर्दै संखुवासभा प्रहरी

admin

काठमाडौं, २७ भदौ : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको ६ जनाको ह त्या आरोपमा प क्राउ परेका एक व्यक्तिलाई प्र हरीले आज सार्बजनिक गर्दैछ।

जिल्ला प्र हरी कार्यालय संखुवासभाका अनुसार प क्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज सार्वजनिक गर्न लागिएको हो। प क्राउ परेका ती युवक मृत कका भतिजो नाता पर्ने हुन्। आरोपी कार्कीको पुरै परिचय र घ टनाको विषयमा विस्तृत जानकारी चैनपुरमा आज विहान १० बजे हुने पत्रकार सम्मेलनमा जानकारी गराइने संखुवासभाका प्र हरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए।

घ टना घटेको दिनै देखि घ टनास्थलमा सङ्घीय इकाई प्र हरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली परिचालित भएको थियो।

यस्तै घट ना भएको दोस्रो दिन देखि नै प्रदेश १ का प्र हरी प्रमुख डिआईजी अरुणकुमार विसी समेतको ठूलै प्रह री टोली घट नास्थलमा परिचालित भएको थियो। मादी नगरपालिका–१ खोलागाउँमा गत सोमबार तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको ह त्या भएको थियो।

प्रतिक्रिया