अवैध छोराछोरी हुनुभन्दा केपी ओलीको सन्तान हुनुमा गौरव छ : नेता बस्नेत

admin

काठमाडौं, २७ भदौ : नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीको सन्तान हुनुमा गर्व भएको बताएका छन् । (हिजो) शनिबार राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा पंक्तिले नै नेकपा एमाले चाहेको भन्दै सुरुमा सडकमा उफ्रिएको बताएका हुन् ।

एमाले दुई धारमा देखिदा पार्टीको नेताहरु नै कता जाने स्पष्ट नहुँदा युवा पंक्ति सडकमा उत्रिएको बस्नेतको दाबी छ । बस्नेतले भने, ‘नेपाली इतिहासमा प्रचण्डको छोरा छँदा के गर्थे ? छोरी ज्वाँई के गर्छन् ? बाबुरामको श्रीमतीले के गरिन् ? शेरबहादुर देउवाको श्रीमती के गर्दैछिन् देखिएको छ । नेपालको ठेक्का पट्टा र विकासका योजना बालुवाटरमा बसेर होइन होटलमा बसेर सेटिङ गर्ने गर्ने श्रीमती भएका नेताको अवैध छोराछोरी हुनुभन्दा केपी ओलीका सन्तान भएकोमा हामीलाई गौरव छ, यही कुरा विरोध खतिवडालाई बुझाउन चाहेको छु ।’

प्रतिक्रिया