आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २७ भदौ : हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आइतबार चार सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । (अस्ति) शुक्रबार सुनको मूल्य तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घट्दै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आइतबार शुक्रबार भन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया