एकै परिवारका ६ जनाको ह’त्या आरोपी सार्वजनिक

admin

काठमाडौं, २७ भदौ : सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको ह’त्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पक्राउ परेका लोकबहादुरले ह’त्या गरेको स्वीकार गरेको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

गएको आइतबार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको ह’त्यामा भएको थियो । घटनामा ८५ वर्षका बौदमान भने सकुशल छन् ।

घटनापछि अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली खटिएको थियो । लगत्तै दाहाल नेतृत्व टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो ।

प्रतिक्रिया