आज पनि एमालेद्वारा संसद् बैठकमा अवरोध

admin

काठमाडौं, २७ भदौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका छन् । यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए ।

एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गरेको स्पष्ट पारेको छ । आइतबार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गरेको बताएका छन् ।

प्रतिक्रिया