प्रधानमन्त्री देउवालाई प्रश्न : यसरी कतिन्जेल चल्छ संसद ? ‘ओलीलाई सोध्नू’

admin

काठमाडौं, २७ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद चल्छ भनी प्रश्न गरेका थिए ।

उक्त जवाफमा देउवाले भने ‘ओलीलाई सोध्नू ।’ आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका थिए । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।

तर, संसद अवरोध अन्त्य गर्ने विषयमा सभामुख अग्नि सापकोटाले आइतबार छलफल गरेका छन् । यस्तै एमाले सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसद् प्रतिनिधि सभाको बैठक (भदौ ३९ गते) आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया