भोलि सभामुख सापकोटाले शीर्ष नेताहरूसँग छलफल गर्ने

admin

काठमाडौं, २७ भदौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूसँग सोमबार दिउँसो साढे २ बजे छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा संसद् बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि सभामुखले बैठक बोलाएका हुन् । नेकपा एमालेले लगातार तेस्रो दिन आज पनि संसद् बैठकमा नाराबाजी गर्दै अवरोध गरेको छ । गएको शुक्रबार नाराबाजीकै बीचमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेको छ ।

प्रतिक्रिया