देश बाहिर रहेकालाई यूएईले प्रवेशमा थप सहज बनायो

admin

एजेन्सी, २७ भदौ : विदेशी नागरिकलाई यूएई प्रवेशका लागि सहज भएको छ । कोरोना महामारीको कारण छाडेको ६ महिना बित्दा पनि फर्कन नपाएकाहरुलाई यूएईले प्रवेशमा थप सहज बनाएको हो । कोरोनाको दुवै मात्रा खोप लगाएका र भिसा भएकाहरुलाई यूएई छाडेको ६ महिना कटेको भए पनि पुनः प्रवेशमा सहज बनाइएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

अगष्ट ५ देखि कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरुलाई यूएई प्रवेशमा सहज बनाइएको भए पनि यूएई छोडेको ६ महिना कटिसकेकाहरुका सम्बन्धमा भने के गर्ने भन्ने व्यवस्था थिएन । तर (आज) आइतबार अर्थात सेप्टेम्बर १२ देखि भने यूएई सरकारले कोरोना महामारीको कारण यूएईले लागएको प्रतिबन्धका कारण फर्कन नपाउदा ६ महिनाभन्दा धेरै समय यूएई बाहिर बसेको भए पनि प्रवेश गर्न पाउने भनेको हो ।

यूएईले नेपालीसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम लगायत देशका नागरिकले प्रवेश पाउने जनाएको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुनसुकै खोप लगाएको भए पनि यूएई प्रवेश गर्न पाइनेछ । तर प्रवेश गर्नुभन्दाअघि यूएई प्रवेश गर्न चाहनेहरुले भने लिन पर्छ । यूएई जाने यात्रुको साथमा पछिल्लो ४८ घण्टाभित्र परीक्षण गरिएको कोरोना नेगेटीभ रिपोर्ट क्यूआर कोड सहितको हुनुपर्नेछ । रिपोर्ट पनि उडान अघि नै पेश गर्नु पर्दछ ।

प्रतिक्रिया